दफा १०
महसुल निर्धारण गर्ने आधार
(१) आयोगले सेवाको महसुल निर्धारण गर्दा ह्रास कट्टी, उपयुक्त लाभ, सेवा सञ्चालनको लागत, उपभोक्ता मूल्य सूचीको परिवर्तन, रोयल्टी, खानेपानी वा सरसफाई सेवाको सम्बन्धमा नेपाल सरकारको नीति, परिवत्र्य विदेशी मुद्राको विनिमय दर तथा दफा ११ मा उल्लिखित कुराहरु समेतको आधारमा महसुल निर्धारण गर्नेेछ ।
(२) उपदफा (१) बमोजिमको आधारमा महसुल निर्धारण गर्दा आयोगले उपभोक्ताहरुको बृहत्तर हितलाई ध्यानमा राखी पानीको गुणस्तर, उपभोक्ताको क्रयशक्ति तथा सेवाको स्तर समेतलाई विचार गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको आधारमा महसुल निर्धारण गर्दा आयोगले उपभोक्ताहरुको बृहत्तर हितलाई ध्यानमा राखी पानीको गुणस्तर, उपभोक्ताको क्रयशक्ति तथा सेवाको स्तर समेतलाई विचार गर्नु पर्नेछ ।